|

काठमाडौं : संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दैछन्।

१६ अगस्ट १९७७ मै कूटनीतिक सम्बन्ध स्थापना भए पनि यो मध्य अमेरिकी देशसँग दुईपक्षीय लेनदेनका मामिला खासै भएको इतिहास छैन। यस्तोमा एकाएक ओली चार दिन बस्ने गरी कोस्टारिका किन जाँदै छन्?

परराष्ट्र मन्त्रालयका अधिकारी भन्छन्, ‘औपचारिक भ्रमण ।’ परराष्ट्रका अनुसार ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभरादो क्युसेदासँग द्विपक्षीय भेटवार्ता गर्दै छन्। यसका अलावा उनले कोस्टारिकाको सबभन्दा ठूलो सहर सान जोसमा नेपालले स्थापना गरेको शान्ति र हालैका प्रगतिका बारे प्रवचन पनि दिने कार्यक्रम तय भएको छ।

कान्तिपुर दैनिकका अनुसार उनी त्यहाँ पत्नी राधिका शाक्य र भ्रमण दलका २० भन्दा बढी सदस्यसहित सेप्टेम्बर २९ मा पुग्नेछन् भने अक्टोबर ३ मा काठमाडौंका लागि उड्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.