|

काठमाडौं : अवैध रुपमा चितुवाको छाला खरिद बिक्री गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ का शेलबहादुर तामाङ, धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ का बुद्धिमान तामाङ, कास्की लेखनाथ महानगरपलिका-२४ का सालिकराम सुवेदी रहेका छन्।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलिले शुक्रबार काठमाडौं बौद्बस्थित सिद्धार्थमार्गबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले चितुवाको एक थान छाला बरामद गरेको हो।

पक्राउ परेकालाई थप कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडाैंलाई बुझाएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.