|

इरानको दक्षिण पश्चिमी शहर अहवाजमा सैन्य परेडका क्रममा हतियारधारी आक्रमणकारीले गोली चलाउँदा सर्वसाधारणसहित ११ जनाको मृत्यु भएको छ। सरकारी संचार माध्यमलाई उद्धृत् गर्दै बिबिसीले जनाइएअनुसार उक्त घटनामा २० जना घाइते भएका छन्।

परेड चलिरहेको ठाउँमा सेनाको भेषमा रहेका आक्रमणकारीले नजिकै रहेको एउटा पार्कबाट गोली चलाएका थिए। गोलीबारी करीब १० मिनेटसम्म चलेको र अहिले स्थिति नियन्त्रणमा रहेको अधिकारीहरूलाई उद्धृत् गर्दै सरकारी संचार माध्यमले जनाएको छ।

फारस समाचार संस्थाका अनुसार आक्रमण स्थानीय समयअनुसार ९ बजे भएको थियो। सो घटनामा दुईजना आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानी मारिदिएका छन् भने दुईजनालाई नियन्त्रणमा लिएको छन्।

आक्रमण भएको अहवाज शहरमा गतवर्षमा नागरिकको जीवनस्तरमा आएको गिरावटलाई लिएर सरकारविरुद्ध प्रदर्शन भएको थियो। सन् १९८० देखि ०८८ को बीचमा इराकसँग भएको संघर्षको स्मरण गर्दै इरानका केही भागमा परेड निकालिएको हो। सोही क्रममा आक्रमणकारीहरूले गोली चलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.