|
फाइल फोटो

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई दोहोरो कारबाही गर्ने चेतावनी दिएका छन्। अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान बिक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री खतिवडाले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने पनि स्पष्ट पारे। व्यापारीहरूले न्यूनवीजीकरण गरी सामान भित्र्याएर महँगो मूल्यमा बेच्दै आएको भन्ने चर्चा चलिरहेकै बेला अर्थमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।

अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कारबाहीको दायरामा ल्याउन बाध्य हुने पनि स्पष्ट पारे। उनले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढतासमेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.