|

भद्रपुर (झापा) : झापाको भद्रपुर ५ स्थित शिव स्टोरका दुई वटा गोदाम सशस्त्र प्रहरीले आफ्नो कब्जामा राखेको छ। भन्सार छलेर १० पोका कपडा भित्र्याइएको आशंकामा शिव स्टोरका दुई वटा गोदाम सशस्त्र प्रहरीले दुई दिनदेखि आफ्नो कब्जामा लिएर व्यवसायीको कारोबारमा अवराेध गरेको छ। 

राजश्व अनुसन्धान कार्यालय क्षेत्रीय कार्यालय इटहरीले सशस्त्र प्रहरी बल नेपाल राजश्व गुल्मको सहयोगमा कुनै पनि व्यवसायीको गोदाममा कानुनी प्रक्रिया पूरा गरी छापामा मार्ने अधिकार राज्यले दिएको छ। तर सशस्त्र प्रहरी बल नेपाल, गण हे.क्वा. झापा नम्बर २ ले सो नियमको धज्जी उडाउँदै व्यवसायीको गोदाममा छापामा मार्ने लगाइएको छ। व्यवसायी सञ्जिव घोषको घर खनतलासी गर्न पत्र लिएर आएका सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोणविक्रम शाहको कमाण्डमा आएको टोलीले शुक्रबार व्यवसायीको घर खनातलासी गर्ने पत्रविपरित उनको गोदाममा छापा मारेका हुन्। 

सशस्त्र प्रहरी उपरीक्षक शाहले गोदाममा छापामा मार्ने अघि भद्रपुर भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय इटहरीका टोलीलाई छापा मार्न आउनु भनी आग्रह गरेका थिए। तर भन्सार र राजश्वका कर्मचारी नआएपछि सशस्त्र प्रहरीले आन्तरिक राजश्व कार्यालय मेचीका अधिकृत पेशल न्यौपानेले छापा मार्न लगाएको भद्रपुरका व्यवसायीहरू बताउँछन्। अधिकृत न्यौपानेले शुक्रवार राती १० बजेसम्म गोदाममा चेकजाँच गर्दा केही नभेटाएपछि मुचुल्का उठाएर व्यवसायी घोष लगायत र अन्य व्यवसायीलाई हस्ताक्षर गर्न लगाएका थिए।

गोदाममा केही नभेटापछि सशस्त्र प्रहरी बल नेपाल, गण हे.क्वा. झापा नम्बर २ का सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाक्सुले घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक साहलाई आदेश दिर्दै गोदाम शिल गर्न भनेका थिए। सशस्त्र प्रहरीले गोदाम शिल गर्न खोजेपछि घटनास्थलमा रहेका व्यवसायीहरु त्यसको प्रतिकारमा उत्रिएपछि सशस्त्र प्रहरीले गोदाममा शिलबन्दी गर्न पाएनन्। शिलबन्दी गर्न नपाएपछि व्यवसायी घोषको भद्रपुर ५ र ६ मा रहेका दुई वटा गोदामा १५ बढी सशस्त्र प्रहरी परिचालन गरी राखिएको छ।

सशस्त्र प्रहरीले शिलबन्दी गर्न खोजेपछि व्यवसायीले प्रतिकार गरेको झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिए। व्यवसायीको गोदाममा छापा मार्ने अधिकार सशस्त्र प्रहरीलाई नभएको प्रस्टाउँदै उनले भने,‘राजश्व अनुसंन्धानले गर्नु पर्ने काम सशस्त्र प्रहरीले जबरजस्ती आन्तरिक राजश्व कार्यालयका कर्मचारी बोलाएर गर्न खोजेपछि हामीले शिलबन्दी गर्न दिएनौं।’ ‘घरमा खनतलासी गर्न पत्र लिएर व्यवसायीको गोदामम छापा मार्ने अधिकार सशस्त्र प्रहरीलाई कसले दियो ?’ उनले भने। 

सशस्त्र प्रहरी उपरीक्षक थाक्सुलाई शनिवार विहान यस बारेमा फोन गरेर बुझ्दा पछि कुरा गर्छु भने पनि अहिलेसम्म आधिकारिक जवाफ नआएको उनले बताए। 
शुक्रबार दिनभरि सशस्त्र प्रहरी परिचालन गरेर व्यवसायी दुःख दिने काम भएको छ। शनिबार पनि दिनभर सशस्त्र प्रहरीले शिव स्टोरको गोदाम घेराउ गरी बसेका छन्। आइतबार फेरि चेकजाँच गर्ने उदेश्यले सशस्त्र प्रहरी परिचालन गरी राखिएको पीडित व्यवसायी सञ्जिव घोषले बताए।

कानुन विपरित सशस्त्र प्रहरीले व्यवसायीमाथि ज्यादती गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘चेकजाँच गर्दा केही भेटाएनन्। फेरि सशस्त्र प्रहरी खटाएर कारोबार नै रोक लगाउनु कानुन संगत भएन।’ सशस्त्र प्रहरी बल नेपाल क्षेत्रीय कार्यालय बाहिनीले सादा पोशाकमा खटाइएका असई दर्शैा  मण्डलको नेतृत्वमा आएको टोलीले व्यवसायीको घोषको बारेमा सूचना दिएका दिए।

सशस्त्र प्रहरी जवान विकास श्रेष्ठले लिएर आएका मण्डलले व्यवसायी घोषले १० पोका कपडा भन्सार छलेर भित्र्याएको सूचना दिएपछि उनको गोदाममा सशस्त्त प्रहरीले छापा मार्न लगाइएको प्रहरी स्रोतको दावी छ। यस बारेमा बुझ्न सशस्त्र प्रहरी बल नेपाल, गण हे.क्वा.झापा नम्बर २ सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाक्सुको मोवाइल ९८५१२७२१०१ नम्बरमा पटक पटक फोन गर्दा उनको फोन रिसिव भएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.