|

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको निरन्तर जितयात्रा जारी छ। लिभरपुलले सिजनको सुरुवातदेखि सबैखाले प्रतियोगितामा लगातार ७ खेल जितेको २८ वर्षपछि पहिलो हो। प्रिमियर लिगका ६ तथा च्याम्पियन्स लिगको १ खेलमा लिभरपुलले जित निकालेको छ। लिभरपुल शनिबारको जितसँगै लिग अंक तालिकामा १८ अंकका साथ शीर्ष स्थानमा कायम छ।

लिभरपुलले साउथ हेम्टनविरुद्ध शनिबार भएको प्रिमियर लिगको भिडन्तमा ३–० को जित निकाल्ने क्रममा १० औं मिनेटमानै आत्माघाती गोलमार्फत अग्रता लिएको थियो। होइडिटले लिभरपुललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमानै तीन गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो गोल २१ औं मिनेटमा सम्भव बनायो। म्याटिपले लिभरपुलाई २–० को अवस्थामा पुर्याउँदा तेस्रो गोल मोहमद सलाहका नाममा रह्यो। सलाहले पहिलो हाफको अत्तिरिक्त समयमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा नै ३–० को अवस्थामा पुर्‍याए। अग्रता दोस्रो हाफमा पनि कायम रह्यो । दुवैतर्फबाट दोस्रो हाफमा थप गोल हुन सकेन।

लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले प्रिमियर लिगमा साउथहेम्टनका प्रशिक्षक मार्क हग्सलाई सर्वाधिक धेरै पटक पराजित गरेका छन्। मार्कले लिभरपुलविरुद्ध खेलको ६ वटा लिग खेलमा  जित निकाल्न सकेनन्। समग्रमा १७–३ ले लिभरपुलले बाजि मारेको छ। 

लिभरपुल घरेलु मैदान एनफिल्डमा पछिल्ला २४ खेल मध्ये १६ मा जित निकाल्न सफल भएको छ । लिभरपुलले अगस्ट २००९ यताकै सर्वाधिक राम्रो प्रदर्शनका रूपमा जारी लिगलाई लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.