पर्वत : हेमन्त शर्माले बजारमा ल्याएको बरीखा गीत युट्युबको ट्रेन्डिङ वनमा परेको छ।
पश्चिमी नेपालको भाषिका प्रयोग गरेर बनाइएको ‘हरि हरि सरी हरि हरि, गल्ती भएँ माफी पाउँ पहिल्यै भन्छु सरी’ बोलको गीत ट्रेन्डिङ वनमा परेको हो। गीत भाइब एण्ड वेभको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
राहुल शाहको कोरियोग्राफी, कथा र निर्देशन रहेको गीतमा हेमन्त शर्माले नै स्वर भरेका छन्। गीतको म्युजिक भिडियोमा भिमफेदी गाइज्, एलिसा राई, सारा श्रीपाली, सुनिल क्षेत्रीलगायतको अभिनय रहेको छ। उक्त म्युजिक भिडियो अहिलेसम्म आठ लाखभन्दा बढीले हेरिसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।