|

एअरलाइन रेटिङ्स डटकमले सन् २०१८ मा विश्वकै सुरक्षित हवाई सेवा प्रदान गर्दै आएका एअरलाइन्सहरूको सूची सार्वजनिक गरेको छ। जारी सूचीमा क्वान्टास, भर्जिन अस्ट्रेलिया र एअर न्युजिल्यान्ड अग्रस्थानमा देखिएका छन्।

विश्वकै हवाई सुरक्षा र साधनहरूको रेटिङ गर्दै आएको एअरलाइन रेटिङ्स डटकमले ४०९ वटा एअरलाइन्सहरूको निरीक्षण गरेर प्रत्येक वर्ष फाइभ स्टार रेटिङअनुसार तिनीहरूलाई र्‍यांकिङ गर्ने गर्छ। यसका साथै विमान सुरक्षा, सेवा सुविधा, विमानको बाहिरी आवरण, विमान दुर्घटनाको अवस्था इत्यादिलाई हेरेर र्‍यांकिङ गर्ने गरेको छ।

व्रिटिस एअरवेज, हवाइ एअरलाइन्स, सिंगापुर एअरलाइन्स, इमिरेट्स इतिह्यात एअरवेज, क्याथी प्यासिफिक एअरवेजलगायत उत्कृष्ट २० वटा विमान सेवा कम्पनीलाई पछि पार्दै क्वान्टासले पहिलो नम्बरमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।

सुरक्षित तरिकाले विगत ६० वर्षदेखि क्वान्टासले उत्कृष्ट सेवा प्रदान गर्दै आएको एअरलाइन रेटिङ्स डटकमका प्रधान सम्पादक जेफरी थोमसले बताए। उनले यस्तो सेवा क्वान्टासले मात्रै नदिएको दाबी गर्दै हवाइ र फिन्न अएरले पनि जेटअन्तर्गत उत्कृष्ट सेवा दिँदै आएकाे बताए।

सन् २०१८ का २० विश्वकै सुरक्षित एयरलाइन्स

एयर न्युजिल्यान्ड

अलस्का एयरलाइन्स

अल निप्पन एयरवेज

ब्रिटिस एयरवेज

क्याथी प्यसिफिक एयरवेज

इमिरेट्स

इतिह्यात एयरवेज

इभा एयर

फिन्न एयर

हवाइ एयरलाइन्स

जापान एयरलाइन्स

केएलएम

लुफ्थन्सा

क्वान्टास

रोयल जोडानियन अएरलाइन्स

स्कान्डिनभियन एयरलाइन्स सिस्टम

सिंगापुर एयरलाइन्स

भर्जिन एटलान्टिका

भर्जिन अस्ट्रेलिया

एअरलाइन रेटिङ्स डटकमले न्यून बजेटका विमानहरूको सूची पनि सार्वजनिक गरेको छ। स्ट्रेनगेन्ट इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसियसन अप्रेनल सफ्टी अडिट (आइओएसए) को सूचनालाई आधार मानेर सर्वसाधारणको मागअनुसार उक्त सूची तयार पारेको एयरलाइन रेटिङ्स डटकमले जनाएको छ।  

१० न्यून बजेटका एयरलाइन्स

एयर लिंगुस

फ्लिब फ्रोन्टियर

एचके एक्सप्रेस

जेटब्लू

जेट स्टार अस्ट्रेलिया/जेट स्टार एसिया

थोमस कुक

भर्जिन अमेरिका

भ्यूलिङ

वस्ट जेट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.