छापा

अमेरिकाबाट एम–१६ राइफल ल्याउँदै नेपाली सेना
SHARES

असोज ८, २०७५

    काठमाडौं : नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मामतहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ।

    करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने समाचार कारोबार दैनिकमा छ।

    करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्सास र एसएलआर राइफल विस्थापित गर्नेगरी नयाँ हतियार किन्न प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ। यी हतियार ‘जी–टु–जी’ प्रक्रियाअन्तर्गत अमेरिकाबाट सीधै हवाइमार्गबाट ल्याइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]