|

काठमाडौंः गंगामाया अधिकारीका छोरा गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन्। उच्च अदालत पाटनका कर्मचारीलाई ज्यान मार्ने कोशिश गरेको अभियोगमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। आइतबार साँझ ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनमाथि ज्यान मार्ने उद्योगको आरोप लगाएर मुद्दा अघि बढाइएको ललितपुर प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। उनलाई ललितपुर जिल्ला अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.