|

काठमाडौं :  इजी मोबाइल केयरले दसैँ, तिहार  र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि 'फेस्टिबल अफर' ल्याएको छ। न्युरोडको ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा किन्दा यस्तो योजना अघि सारिएको जनाइएको छ।

ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यसको यो योजनाअन्तर्गत ब्‍याज छुटसहित किस्ताबन्दीमा मोबाइल फोनको योजना ल्याएको हो।

कम्पनीले क्रेडिट कार्डसहित नगदमा स्मार्टफोन किन्ने ग्राहकहरूका लागि पनि सुविधा दिएको बताएको छ। स्मार्टफोनहरूमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउने जनाएको छ।

ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनोट गरेर भुक्तानी गर्ने सुविधा दिएको इजीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.