|

पोर्चुगल : पोर्चुगलमा बुधबार राती भएको गाडी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। अन्य एक नेपाली र एक पाकिस्तानी गम्भीर घाइते भएका छन्। 

ओदिमिराबाट राजधानी लिस्बोन आउने क्रममा प्रहरीलाई झूक्याएर भाग्न खोज्दा दुर्घटना भएको पोर्चुगिज प्रहरीले जनाएको छ। पाकिस्तानी चालकले मदिरा सेवन गरी गाडी चलाएको र प्रहरी चेकिङबाट अध्याधिक तिव्र गतिमा भाग्न खोज्दा गाडी अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ। 

मृत्यु हुनेमा बाग्लुङ र रुपन्देहीका युवा भएको बुझिएको छ। तर, प्रहरीले उनीहरुको नाम ठेगाना सार्वजनिक नगरेको नेपाली अवैतानिक दुतावास पोर्चुगलले जनाएको छ। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले बताएको दुतावाले जनाएको छ। 

घाइते नेपालीको खुट्टा भाँचिएको र पाकिस्तानी युवाको गम्भीर रुपमा आइसीयुमा उपचार भइरहेको छ। मृतकको शव बेजामा रहेको बेजा अस्पतालमा राखिएको दुतावासले जनाएको छ। 

घाइते नेपालीको शान्तियागोमा उपचार भइरहेको र आफूहरु बिहीबार अस्पताल पुगेपछि मात्र घटनाका बारेमा विस्तृत विवरण आउने एनआरएन पोर्चुगलका अध्यक्ष भीम केसी कमलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.