|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा क्लिनिकल फर्माकोलोजी विभागमा कार्यरत चिकित्सक हुन्, सहप्राध्यापक डाक्टर सतीश देव। फर्माकोलोजीमा एमडी गरेका डा. देव दैनिक बिरामीसँग रहनुभन्दा पनि बिरामीलाई चेक गर्ने मेडिकल प्राक्टिस गर्ने स्नातकोत्तरसम्मका मेडिकल साइन्सका विद्यार्थीहरूलाई रोग र त्यसम्बन्धी औषधीको बारेमा अध्यापन गर्छन्।

यति मात्र नभएर उनले फर्माकोलोजीमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई आवश्यक दुईवटा पुस्तकसमेत प्रकाशन गरिसकेका छन्। यसले गर्दा हेरक दिन उनको समय अध्ययन र अध्यापनमै बित्ने गर्छ। यस्तो व्यस्तताबीच जीवन चलाइरहेका उनले आफ्नो स्वास्थ्य र समयलाई कसरी व्यवस्थित राख्छन् भन्नेबारे डा. सतीश देवले थाहाखबरकर्मी सविना खनालसँग यसरी बताए।

मेरो दैनन्दिन

हरेक दिन बिहान ६ बजे उठेपछि मेरो दैनिकी सुरु हुन्छ। उठ्नेवित्तिकै 'हट लेमन' खान्छु। बिहानको समय एक घन्टा शारीरिक व्यायाम गर्दै जान्छ। करिब ७ बजेदेखि ८ बजेसम्म घरमै व्यायाम गरेपछि म खाना खाएर घरबाट निस्कन्छु। आईओएम पुगेपछि आईओएममा अध्ययन गरेका विभिन्न तहका मेडिकल विद्यार्थीहरूलाई अध्यापन गराउनुमै मेरो धेरै समय जान्छ।

म:म: पनि मलाई धेरै मनपर्ने खानेकुरा भएकाले घरबाहिर खाजा खानुपरे प्राय: म:म: नै खान्छु। नभए सिजनअनुसारको फलफूल नै खाजाको रूपमा खाने गर्छु। चिया र कफीको खासै पारखी नभए पनि दिनमा एक दुई पटक साथीभाइसँग भेट हुँदा खाने गर्छु।

यस्तै, अध्ययापनको अलावा मलाई औषधि विज्ञान अझ एन्टिबायोटिकको क्षेत्रमा गहन अध्ययन गर्न मनपर्ने हुँदा धेरै समय अध्ययनमै बिताउँछु। सामान्यतया ४ बजे मेरो काम सकिने भए पनि अध्ययनकै लागि बेलुकी ६ बजेसम्म म विभिन्न अध्ययन गर्दै अफिसमै हुन्छ।  

मेरो खाना

मलाई साधारण र सादा नेपाली खाना नै मनपर्छ तर खानामा सकेसम्म कार्बोहाइड्रेट भएको खाने कुरा भने कम खान्छु। सलाद र हरियो सागसब्जी मेरो खानामा प्राय: अनिवार्य हुन्छ। माछा-मासु धेरै मनपर्छ तर स्वास्थ्यलाई मध्यनजर राख्दै सातामा एक दुई पटक मात्र माछा-मासु खान्छु। म:म: पनि मलाई धेरै मनपर्ने खानेकुरा भएकाले घरबाहिर खाजा खानुपरे प्राय: म:म: नै खान्छु। नभए सिजनअनुसारको फलफूल नै खाजाको रूपमा खाने गर्छु। चिया र कफीको खासै पारखी नभए पनि दिनमा एक दुई पटक साथीभाइसँग भेट हुँदा खाने गर्छु।

समय मिलाएर परिवारसँग घुम्न निस्किन्छु

उपत्यकामा हुँदा अफिसकै कामले आफ्नो तथा परिवारका लागि दिने समय एकदम कम हुन्छ। हरेक मानिसलाई मानसिक रूपमा स्वस्थ हुन आफ्ना लागि पनि समय दिनुपर्ने हुन्छ। समय मिलाएर छोराछोरीसहित उपत्यकाका नजिकका ठाउँहरू घुम्न निस्कन्छु। यस्तै, वर्षमा एक दुई पटक केही कार्यक्रममा भाग लिन विदेश जाने मौका मिल्छ। यसरी विदेश जाँदा पनि म समय मिलाएर गएको ठाउँमा रहेका केही रमाइला ठाउँहरू हेर्न जाने गर्छु। नेपालमा मलाई धेरै मनपर्ने ठाउँ धरान हो। समय मिलाएर बेलाबेलामा धरान जाने गर्छु।

मरो गाडी र मोबाइल

म हुण्डाई कम्पनीको सान्ट्रो गाडी चढ्छु भने एमआईको मोबाइल चलाउँछु। गाडीमा गीत सुन्दै हिँड्न मलाई धेरै मनपर्छ। फेसबुक भने म एकदम कम चलाउँछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.