|

काठमाडौं : गायक बिक्रम राना मगरले ‘पोथी काली काली’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएका छन्। बहुचर्चित लोकदोहोरी शब्द संकलन करण न्यौपानेको शब्द तथा संगीत रहेको उक्त गीतमा बिक्रम राना र पूर्णकला विसीले स्वर दिएका छन्।

डान्सिङ बिटमा रहेको ‘पोथी काली काली’ बोलको उक्त लोकदोहोरी गीतको म्युजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका छन्। करन चैसिरले छायांकन गरेको भिडियोमा मोडल तथा गायक सन्दिप न्यौपाने तथा सोमिया राना मगरले नृत्य तथा अभिनय गरेका छन्।

तिर्सना म्युजिकको प्रस्तुति रहेको उक्त गित म्युजिक नेपालले बजारमा लिएको हो। केशब बडुले एरेञ्ज गरेको उक्त गीतको म्युजिक भिडियो बिपी फिल्मस् नेपालले निर्माण गरेको हो। म्युजिक भिडियो प्रबिन भट्टले सम्पादन गरेका छन्।  

भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.