|

ताप्लेजुङ : हत्या अभियोगमा जिल्ला अदालत ताप्लेजुङबाट दोषी ठहर भएका दुई जना सात वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–४ का ५२ वर्षीय मनबहादुर संयोग लिम्बू र ५० वर्षीयका सन्तोष भनिने कुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।

२०६८ असोज १ मा मैवाखोला गाउँपालिका–४ साँघुका बलबहादुर लिम्बूको हत्या गरेको अभियोगमा जिल्ला अदालतले उनीहरुलाई जन्म कैदको सजाय तोकेको थियो। अदालतले २०७४ वैशाख १५ मा फैसला गरे पनि उनीहरु फरार थिए। फरार रहेका उनीहरुलाई पक्राउ गरी कारागार चलान गरिएको डिएसपी थापाले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.