|

बारा : पथलैया-बीरगञ्ज सडक खण्डअन्तर्गत बाराकाे जीतपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। 

वीरगञ्जबाट हेटौँडातर्फ गइरहेको ना ४ ख १०९८ नम्बरको ट्रकले ना २३ प ५७३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा जीतपुर सिमरा-१ पथलैयाका ११ वर्षीय प्रविण प्रसाईंको घटनास्थलमै मृत्यु भएको हो। 

ट्रकको ठक्करबाट स्कुटर पछाडि बसेका प्रसाईंको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी गराएको छ। स्कुटर चालक पथलैयाकी कविता प्रसाईं पनि घाइते भएकी छन्। 

घाइले कविता दिदीको छोरा प्रविणलाई लिएर किनमेल गर्न जीतपुर बजार गइरहेका बेलामा दुर्घटनामा परेकी हुन्। प्रसाईंको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएकाे छ।

स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमरामा प्रमुख प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.