|

कञ्चनपुर : निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै चर्किएको आन्दोलनमा ज्यान गुमाएका शहीद सन्नी खुनाका परिवारलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक सहयोग रकम प्रदान गरेको छ। बिहीवार नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले खुनाका परिवारलाई तीन लाखको चेक हस्तान्तरण गरेका हुन्।  

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर प्रशासन कार्यालय अगाडि १४ वर्षीय खुनाको निधन भएको थियो। भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले खुनाका बुवा विरु खुना र आमा मन्जु राजी खुनालाई तीन लाखको चेक प्रदान गरेका हुन्। 

कार्यक्रममा नगर प्रमुख विष्टले खुनाको निधनपछि उनका भाइ बहिनीको पठन-पाठनसहित परिवारलाई सहयोग पुग्ने गरी सहयोग गरिएको बताए। नगर प्रमुख विष्ट सन्नीको निधनपछि परिवारसित निरन्तर सम्पर्क रहेर अन्तिम संस्कारमा सहभागी भएका थिए।

महाकाली नदीको ब्रह्मदेबघाटमा खुनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। खुनालाई शहीद घोषणा गरी केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले  ५ लाख र भीमदत्त नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.