|

कपिलवस्तु : प्रहरीले बलात्कार घटना अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरेको छ। शुक्रबार कपिलवस्तु नगरपालिका ४ गोपालपुरका रामप्रसाद धोबीलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाएको हाे।

अदालतले धोबीलाई बलात्कार अभियोगमा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाए पनि फरार रहँदै आएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए। बिसं. २०४५ साल भदौ १३ गते यादवले स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला अदालतले २०४६ सालमा तीनवर्ष कैद सजाय तोकेको थियो। पीडकले पुनरावेदन अदालत बुटवलबाट जम्मा एक वर्ष कैद फैसलापछि थुनामुक्त भएका थिए। लगत्तै सर्वोच्च अदालतले जिल्लाको फैसला सदरपछि उनी फरार भएको प्रहरीले जनाएको छ। विगत लामो समयदेखि भारतमा बस्दै आएका ६८ वर्षीय धोबी केही दिन अघि मात्र गाउँ आएका थिए। विशेष सुराकीका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए। 

विभिन्न घटनामा फैसला भई फरार  १९ जना पनि पक्राउ

यसैगरी कपिलवस्तु प्रहरीले विभिन्न घटनामा फैसला भई फरार भएका १९ जनालाई पक्राउ गरेको छ। विगत तीन महिनाको अवधिमा प्रहरीले हत्या, बलात्कार, डाँका,अपहरण र चोरी मुद्दामा फैसला भई कैद भुक्तान गर्न तथा जरिवाना तिर्न बाँकी रहेकाहरूलाई पक्राउ गरेको हो। प्रहरीले विभिन्न घटना घटाई फरार भएका आरोपीहरुलाई समेत पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दाका ६ जनादेखि गर्भपतन गराउने आरोपी सम्मलाई पक्राउ गरी अदालत हाजिर गराइएको प्रहरीले जनाएको छ। यसैगरी विभिन्न समयमा कपिलवस्तुबाटै मोटरसाइकल चोरी गर्ने नाै जनालाई पक्राउ गरी मुद्दा समेत चलाइएको उपरीक्षक यादवले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.