|

धनकुटा : धनकुटामा बुधबार भएको आगलागीमा परेर चार घर जलेर नष्ट भएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित डाँडाखर्कमा स्थानीय ज्ञानबहादुर मगरको घरमा विद्युत् सर्ट भई अचानक आगलागी हुँदा छिमेकी कमलादेवी खड्का र रिपुमर्दन राई र कालुमान राईको घर जलेर नष्ट भएको हो।

बिहान करिब साढे ११ बजेतिर सुरु भएको आगलागी स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासमा करिब ४ घण्टा पछि नियन्त्रणमा आएको थियो। आगलागीले तीन घरको अन्दाजी २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। आगलागीले घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। धनकुटा र संखुवासभाको सीमावर्ती क्षेत्र केवा खोला नजिकै रहेको घटनास्थल डाँडाखर्क गाउँ चानुवा प्रहरीको चौकीबाट करिब ४ घण्टाको दुरीमा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.