|

काठमाडौं: संसदकाे लेखा समिती सदस्यहरुले भाटभटेनीलाई चिनीकाे मूल्य बढाउन अनुगमन टाेलीले दवाव दिएकाे बताएका छन्। बिहीबारकाे लेखा समिति बैठकमा समिति सदस्य चन्दा चाैधरीले भाटभटेनीमा चिनीकाे मूल्य बढाउन दबाब दिएकाे बताएकी हुन्।

उनले राति साढे अाठ बजे अनुगमन गरेर यस्ताे दबाब दिएकाे बताएकी हुन्।"अस्ति बेलुका म भाटभटेनीमा जाँदा रातस साढे अाठ बजे वाणिज्यकाे टाेली अनुगमनमा अायाे र मूल्य धेरै सस्ताे भयाे भनेर बढाउन भनियाे" चाैधरीले भनिन्।

 उनले अनुगमन टाेलीले भाटभटेनीमा बार्गेलिङ गरेकाे समेत अाराेप लगाएकी छिन्। बजार मनपरी चल्दा पनि सरकारले अनुगमन फितलाे बनाएको अाराेप उनले लगाइन्। केही दिन अघि भएको छलफलमा चीनको थोक मुल्य ५२ र उपभोक्तालाई बेच्ने मुल्य ६३ रुपैयाँभन्दा बढी नहुने गरी सहमती भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.