|

तनहुँ : डुम्रे बेसीशहर सडक खण्डस्थित तनहुँको भानु–१ बाह्रविशेमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–२ का १० वर्षीय बालक मिरकुमार बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

नारायणगढबाट बेशीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बालक बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। विद्यालयबाट परीक्षा दिएर साइकलमा घर फर्किंदै गरेका बस्नेतलाई बसले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएको अर्यालले बताए।

उनका अनुसार बालकको परिवारजन र बसका धनीबीच वार्ता भइरहेको छ भने बालकको शवलाई दमौली अस्पताल ल्याउने तयारीमा रहेको छ। केही समय उक्त क्षेत्रमा झडपसमेत परेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.