|

काठमाडौं : फिल्म 'चङ्गा चेट'को पोस्टर सार्वजनिक भएको छ। शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरमा फिल्ममा कलाकारहरु चङ्गा बनेर उडिरहेको देख्न सकिन्छ।

कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रवीन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ।

डार्क कमेडी फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र मिस्टर आरजेको संगीत समावेश छ। निरक कडेँलले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.