|

काठमाडौं : विकासराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ फिल्म 'हजार जुनी सम्म'मा नायक आर्यन सिग्देल फाइनल भएका छन्। आर्यनले यस फिल्ममा निकै महँगो पारिश्रमिक बुझेका छन्। उनले यस फिल्मबाट १३ लाख बढी पारिश्रमिक लिएका छन्।

फिल्म 'हजार जुनीसम्म'मा नायिका स्वस्तिमा खड्का फाइनल थिइन्। त्यस्तै यस फिल्ममा सलोन बस्नेत पनि पक्का भइसकेका थिए। त्यस्तै यस फिल्ममा आर्यन सिग्देलले नायिका प्रियंका कार्कीसँग रोमान्स गर्नेछन् भने नायिका स्वस्तिमाको जोडीका रूपमा दिल्लीमा बस्दै आएका अकी प्रधान रहनेछन्। अकीले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

निर्देशक विकास र बाल कलाकार अनुभव रेग्मीकी आमा कविता रेग्मीको संयुक्त लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सामिप्यराज तिमल्सिना र निर्देशक आचार्यले लेखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.