|

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन्।

इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन्। चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन। उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ।

विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेंग इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका थिए। उनी बेपत्ता भएपछि उनकी पत्नीले आफ्ना पतीको जीउज्यानको सुरक्षाको माग गर्दै आएकी थिइन्। यसैबीच इन्टरपोलले मेङले प्रमुखबाट राजीनामा दिएको पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.