|

काठमाडौं : नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन आफूले पहल गर्ने कुरा बताएकी छन्।  उनले नेपालको हवाई यातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टाछुट्टै हुनुपर्ने सुझाव दिइन्।

मंगलबार नेपाल चेम्बर अफ कमर्सले गरेको ‘ब्यापार, पर्यटन तथा लगानीको सन्दर्भः नेपाल-युरोपियन युनियन आर्थिक सम्बन्धका सम्भावना’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन्। राजदूत कोडीले नेपालको ब्यापार, पर्यटन र लगानीमा विकास गर्न भौतिक पूर्वाधार महत्वपूर्ण हुने कुरामा जोड दिए। रेल मार्ग, सडक मार्ग र जलमार्गको विकासले नेपालको विकासलाई तीब्र बनाउने उनको भनाई थियो। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले  नेपालको ब्यापार, पर्यटन र लगानीमा इयूले थप सहयोग गर्ने सहि समय आएको उल्लेख गरे। श्रेष्ठले नेपाल पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको हवाई यातायात असुरक्षित रहेको भन्ने कुरामा इयूका देशहरुले चिन्ता नगर्न आग्रह गरे। नेपालको हवाई सुरक्षाको संवेदनशिलतालाई यथार्थपरक ढंगमा बुझिदिन अपिल गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.