समाज

सेवाग्राही नआएपछि शनिबार दिइँदै आएको सेवा स्थगित
SHARES

असोज २४, २०७५

    दाङ : जिल्ला प्रशासन कार्यालय दाङले शनिबार दिंदै आएको सेवा आगामी कात्तिकदेखि स्थगन गर्ने भएको  छ। गत भदौबाट शनिवार पनि कार्यालय खुल्ला सेवाग्राहीलाई दिंदै आएको सेवा स्थगित गर्ने निर्णय गरेको हो।

    पछिल्लो समयमा कार्यालयमा सेवाग्राहीहरु सेवा लिन नआएकाले सेवा स्थगित गर्नु परेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै शनिवार पनि कार्यालय खुल्ला गरे पनि अपेक्षाअनुसार सेवाग्राही नआएकाले कर्मचारी खाली बस्नु परेको प्रजिअ श्रेष्ठले बताए। 

    शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ला हुँदै आएको थियो। माग भएमा कार्यालयले पुनः सेवा सञ्चालन गर्न तयार रहेको प्रजिअ श्रेष्ठले बताए।

    कार्यालयले गत दसैंमा पनि सेवा प्रवाह गरेको थियो। तर, यस वर्ष दसंैमा भने सेवा प्रवाह नगर्ने जानकारी दिइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]