|

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकामा एक वृद्धाको शव फेला परेको छ। चौबिसे गाउँपालिका- ३ कुरुलेतेनुपामा बुधबार बिहान कुलोमा घोप्टो परेको अवस्थामा स्थानीय ६५ वर्षीया बुद्धरानी याख्खाको शव फेला परेको प्रहरीले जनाएको छ।

छोरा मंगलप्रसादको घर गएर फर्कँदै गर्दा उनका देवर गंगाप्रसादले शव फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। बुद्धरानीलाई मृत अवस्थामा भेटेपछि गंगाप्रसादले प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.