|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा हुने दाबी गरेका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताए। 

३ फागुन २०७४ मा वर्तमान सरकार गठनपछिका आठ महीनामा कर्मचारीको व्यवस्थापन गरेको, विकास निर्माणका काम भएको बताउँदै मन्त्री महासेठले तीन वर्षभित्र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने बताए।

सन् १९७६ मा चीनले क्रान्ति सम्पन्न गरेपछि ४२ वर्षमा विकासमा फड्को मारेको र साइप्रसलाई विकास हुन ४० वर्ष लागेको तथा मलेसियालाई १८ वर्ष लागेको स्मरण गर्दै उनले नेपालले त्यो भन्दा पनि छिटो विकासमा फड्को मार्नु पर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.