शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधि दाबेदार थ्रिस्टार आज आफ्नो पहिलो खेल खेल्दै छ। प्रतियोगितामा आज दुई खेल हुने छन्।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा बिहान ११ बजे थ्रीस्टार र फ्रेण्ड्स क्लवबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर डर्बी बिचको खेलमा थ्रिस्टार सुखद सुरुवातको प्रतिक्षामा रहेको छ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको थ्रीस्टार प्रतियोगितामा सन्तुलित टिमका रुपमा रहेको छ। यता फ्रेण्ड्स भने युवा खेलाडीको भरमा मैदानमा उत्रन्दै छ। विदेशी खेलाडीको अनुबन्धनको प्रक्रिया जारी रहेकाले उसले बिदेशी खेलाडी अनुबन्ध गर्न पाएको छैन। त्यस्तै अर्को खेलमा जावलाखेल र नेपाल पुलिस बिच ३ बजे प्रतिष्पर्धा हुने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।