मनोरञ्जन

'न यता न उता' गीतको 'चोलीको तुना' रिलिज
SHARES

असोज २५, २०७५

    काठमाडौं : फिल्म 'न यता न उता'को पहिलो गीत रिलिज भएको छ। बिहीबार युट्युबमार्फत फिल्ममा समावेश 'चोलीको तुना' बोलको गीत सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको शब्द तथा मिलन जलन र राजन इशानको संगीत संयोजन रहेको गीतमा गीतमा राजन इशान, मिलन अमात्य, राजन राज सिवाकोटी र मीना सिंहको आवाज सुन्न सकिन्छ।

    विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकारहरुको नृत्य देख्न सकिन्छ। भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दिक्षित र मिराज रोशनलाई प्रस्तुत गरिएको छ।

    मिराज रोशन र विशारद बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा बुद्धी तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जिवन भट्टराई लगायतको पनि अभिनय रहेको छ।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]