|

भक्तपुर :  दुई लाख रुपैयाँ लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट  दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए।

भक्तपुर चाँगुनारायण नगरपालिका- २ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर भाग्ने दुई जनामध्ये एक जनालाई लुटेको रकम र सो कार्यमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी घर भई हाल मध्यपुरथिमि चपाचो बस्दै आएका २० वर्षीय सुजन तामाङ रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए।

तामाङको साथबाट लुटपाटमा प्रयोग भएको बा९१प ५५१३ नम्बरको मोटरसाइकल र लुटिएको नगद  दुई लाख रुपैयाँ बरामद गरेको केसीले जानकारी दिए। लुटपाटमा संलग्न अर्को एक जनाको खोजी कार्य भइरहेको पनि प्रहरी नायब उपरीक्षक केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.