|

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एक बनाएरअघि बढ्न आवश्यक रहेको बताएका छन्। कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको बताएका हुन्।

राष्ट्रका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्न नसकेको उल्लेख गर्दै उनले भने, 'संसदीय दलले सदनदेखि सडकसम्म प्रतिरोध गर्न नसक्दा कांग्रेसले यो हविगत भोग्नुपरेको हो।' नेतृत्वको कमजोरीले पार्टीले पराजय भोग्नुपरेको उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, सांसदद्वय दोबाटे विक र सरिता गुरुङ, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेल, पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले शुभकामना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.