|

काठमाडौं : नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा शुक्रबार न्यूयोर्कमा हस्ताक्षर भएको हो।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका उपप्रमुख निर्मलराज काफ्ले र सुरीनामको स्थायी नियोगका उपप्रमुख किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल र सुरीनामबीच दुईपक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो।सुरीनामसँगै कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.