|

जनकपुरधाम : अदालतको आदेश अटेर गरी जनकपुरमा गैरकानुनी रूपमा मिठाई उत्पादन गर्ने उद्योगमा प्रशासनले ताला लगाएको छ। जनकपुरको जानकी चोकस्थित रघुपती मिष्ठान भण्डार र ओम बेकरी एण्ड स्विटको मिठाई उद्योगमा स्थानीय प्रशासनले शुक्रबार साँझ सिल लगाएको हो।

बस्तीको बीचमा अनाधिकृत रूपमा सञ्चलान भइरहेको मिष्ठान निर्माण गर्ने भन्छाले दुर्गन्ध बढेको स्थानीयको आरोपपछि बजार अनुगमन समितिले ताला लगाएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संजीव दुबेले जानकारी दिए। जनकपुरधाम उप–महानगरपालिका वडा नं. १० स्थित जानकी मन्दिरको छेउमा सञ्चालनमा रहेको रघुपती मिष्टान्न भण्डार र ओम बेकरी स्वीट्सले देवी चौकस्थित बस्तीमा अनुमति नै नलिएर उद्योग चलाउँदै आएको थियो।

जिल्ला प्रशासन कार्यालय धनुषा, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ,  गुणस्तर तथा नाप तौल कार्यालय र उपभोक्ता मञ्चको संयुक्त बजार अनुगमन टोलीले रघुपति मिष्ठानको मिठाई बनाउने उद्योगमा ताला लगाएको हो। २०७५ असोज १ गते उच्च अदालत जनकपुरका न्यायाधीश डा. रवि शर्मा अर्यालको इजलासले पनि रघुपतीको मिठाइ उत्पादन नगर्न, नगराउन भनि अन्तरिम आदेश दिएको थियो।

कारखानाले प्रदूषण फैलाउनुका साथै फोहोरले दुर्गन्धले आसपासमा बसोबास गर्न समस्या भएकोले अबिलम्ब रोकेर कारखाना बन्द गराई आवश्यक कारबाहीको माग गर्दै २०७४ फागुन २९ गते घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराएका थिए।  कार्यालयले कर्मचारी सहितको टोली चैत्र ८ गते स्थलगत निरीक्षणका लागि खटायो। अनुगमन पछि घरेलुले चैत्र १२ गते कारखाना बन्द गर्न सञ्चालक दशरथ साहलाई निर्देशन दिएको थियो। तर, सञ्चालक साहले उच्च अदालत र घरेलुको निर्देशन अटेर गर्दै मिठाइ उद्योग चलाउदै आएका थिए।

उद्योगका लागि आवश्यक सामान उत्पादन गर्न इजाजत पाएको स्थानमा उत्पादन नगरी अनधिकृत काठको दाउरा प्रयोग गरी मिठाइका परिकार बनाउदा स्थानिय धुवा, दुर्गन्ध र फोहरको बिरोध गर्दे आएको थियो। सञ्चालकले गाइपालनसंगै मिठाई उद्योग सञ्चालन गरेपनि फोहर व्यवस्थापन नगर्दा दुर्गन्ध बढेपछि स्थानियहरुले उद्योगविरुद्ध घरेलु, उच्च अदालत र जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.