|

बागलुङ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमुना देश भएको बताएका छन्। 

बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। 

उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको सरकारले देशलाई विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे। 

‘नेपाल बहुरङ्गको फूलबारी हो’, तिमिल्सिनाले भने, ‘अरू देशमा जस्तो धार्मिकयुद्ध नेपालमा नहुनु विश्वलाई सुःखद सन्देश हो।’ सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी देशलाई समृद्ध बनाउने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.