|

टर्कीमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटनामा परेको छ। टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले उक्त घटनामा कम्तीमा २२ जना आप्रवासीको मृत्यु भएको जनाएको छ। मारिनेमा अधिकांश बालबालिका छन्।

आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मीरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा अरू १३ जना घाइते भएका छन्। घाइतेहरूलाई नजिकको अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेहरूको पहिचान अझै खुलेको छैन। भिडियो तस्विरमा दुर्घटनाग्रस्त ट्रक पल्टिएको र यात्रारत व्यक्तिहरूका सामान यत्रतत्र छरपस्ट रहेको देखाइएको छ।

विगत केही वर्षदेखि टर्कीबाट हजारौँ आप्रवासीहरू समुद्रको बाटो हुँदै युरोपेली युनियनको सदस्य राष्ट्र ग्रीसतर्फ प्रस्थान गरेका छन्। सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच आप्रवासी प्रवेशमा कडा नीति अवलम्बन गर्नेगरी सम्झौता भए पनि गैरकानुनी तरिकाबाट आप्रवासीहरू ग्रीस प्रवेश गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.