|

बारा : बाराको सिम्रौनगढमा एक बालकको अपहरण गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। सिमौनगढ नगरपालिका–३ नयका टोलका धनेश्वर राय यादवका ६ वर्षीय गोलु भन्ने दीपक यादवको अपहरणपछि हत्या गर्ने स्थानीय १७ वर्षीय हरेन्द्र कुमार कुशवाहा र २३ वर्षीय श्याम बैठालाई प्रहरीले सार्वजनिक गरेको हो।

मेला हेर्न जाँदा अपहरण   

बालक दीपक असोज २४ गते नजिकैको रनीवासमा हजुरबुबासँग मेला हेर्न गएका थिए। दीपक असोज २४ गते बेलुकीबाट हराएका थिए। उनको सोही दिन ४ बजेको समयमा अपहरण भएको थियो।

अपहरणकारीले बालकलाई सिम्रौनगढ–३ स्थित बाँही जंगल नजिक हात, खुट्टा, मुख बाँधी धान खेतमा लुकाईछिपाई राखी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारीले जानकारी दिइन्। ‘जंगलभित्र फालेको अवस्थामा असोज २७ राति मृतकको लाश फेला हो थियो,’ प्रहरी उपरीक्षक चौधरीले भनिन्– ‘अनुसन्धानका क्रममा तीन दिनपछि बालकको शव भेटिएको हो।’

फिरौती नदिँदा हत्या

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए। तर, फिरौती नदिएपछि हत्या गरेर जंगलमा लाश फ्यालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बालक हराएको प्रहरीमा सोही दिन मौखिक सूचना प्राप्त भएको थियो। प्रहरीमा लिखित हुलिया निवेदन दिएकै दिन असोज २५ गते अपहरणकारीले मृतकको बाबु धनेश्वरसंग फिरौती माग गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.