विज्ञान प्रविधि

तीन महिनाका लागि नेपाल टेलिकमका २२ अफर
SHARES

प्रतीकात्मक फोटो
असोज २९, २०७५

    काठमाडौं : नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ। आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ।

    जिएसएम थ्रिजी/फोरजी एक जीवी प्रतिदिन डाटा प्याक, अलटाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियुजी प्याकेज, भिडियो र टिभी प्रतिघण्टा प्याक, एसएमएस प्याक, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच व्यक्तिगत प्याकेज, एडिएसएल भोलुम प्याक, एडिएसएल अनलिमिटेड प्याक, एक घन्टा अनलिमिटेड प्याक, विद्यार्थी अफर, इन्डिया कल अफर, मिस्डकल अलर्ट र एफटिटिएचमा निःशुल्क भ्वाइसअफर उपलब्ध गराएको हो।

    यी अफर प्राप्त गर्न १४१५ मा डायल गर्नुपर्ने टेलिकमले जनाएको छ। उक्त अफर आगामी पुस २८ गतेसम्म लिन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]