|

बैतडी : महाकाली राजमार्ग अन्तर्गत बैतडीको डिलाशैनी–६ बांगाबगरमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिका ९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, ६ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन्।  

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदुत यातायातको ना ५ ख ८११७ नं को बस बिहान ५ बजे एक्कासी बांगाबगरमा सडकमा पल्टेको हो।  चालकलाई प्रहरीले नियन्त्रणमा छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.