|

युएईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले स्पेनलाई पराजित गरेको छ। सोमबार राति भएको प्रतिस्‍पर्धात्मक भिडन्तमा ३–२ ले हराएको हो। इंग्ल्यान्डका युवा खेलाडी रहिम स्टर्लिङ र मार्कुस राष्फोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्यान्डले स्पेनलाई उसैकै मैदानमा स्तब्ध बनायो।

इंग्ल्यान्डका स्टर्लिङले दुई गोल गर्दा  र राष्फोर्डले एक गोल गरे। स्पेनका फ्रान्सिस्को अल्कासर र कप्तान सर्जियो रामोसले समान एक–एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त रहेन्। बलियो टोली स्पेनविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमै ३ गोल गरेको थियो। खेलको १६ औं मिनेटमा स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए। ३० औं मिनेटमा राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए।

३८ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा इंग्ल्यान्ड ३–० ले अघि रह्यो।दोस्रो हाफमा स्पेन खेलमा फर्कने कोशिस गर्यो । तर, सफल भएनन्। खेलको ५८ औं मिनेटमा स्पेनका अल्कासरले गोल गर्दै खेल ३–१ मा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा कप्तान रामोसले एक गोल गरेपनि स्पेन ३–२ ले पराजित भयो।

जितसंगै लिग एु समूह ४ मा रहेको इंग्ल्यान्डले ३ खेलबाट ४ अंक जोडेको छ। इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा छ। पराजित स्पेन ६ अंक जोडेर शीर्ष स्थानमा छ। यस समूहमा विश्व उपविजेता क्रोएसिया १ अंकका साथमा पुछारमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.