|

कञ्चनपुर : दशैंका अवसरमा शुक्लाफाँटा नगरपालिकाको वडा नं. ११ वडा कार्यालयले वनहराका भूमिहीन परिवारलाई सौर्य ऊर्जा प्यानल र झुल वितरण गरेको छ।

वनहरा नदी छेउ डेढ दशकदेखि झुपडीमा बस्दै आएका भूमिहीन १० परिवारलाइ मंगलबार सौर्य ऊर्जा प्यानल र झुल वितरण गरिएको हो। वडाध्यक्ष दिलबहादुर बुढाले भने, ‘विद्युत् सेवाबाट बञ्चित भूमिहीन परिवारको घरमा दशैं र तिहारमा उज्यालो गर्नका लागि वडा कार्यालयका तर्फबाट सौय ऊर्जा प्यानल र झुल वितरण गरेका छौं।

‘रातमा टुकी बालेर झुपडीमा बस्दै आएका थियौं,’ कलावती दमाईले भनिन्, ‘सौर्य ऊर्जा प्यानल पाएपछि झलमल्ल हुने भएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.