|

विराटनगर : शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ।

बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०-६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदोहर गर्नबाट उत्पन्न समस्या समाधान गर्न, आइसिटी सञ्चालन र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सम्बन्धमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए।

सोमबार बसेको सो बैठकमा नेपालकोतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी केसी, प्रहरी उपरीक्षक मनोज केसी र विराटनगर भन्सार प्रमुख निमांस अधिकारी तथा भारतकातर्फबाट अररियाका जिएम हिमांशु शर्मा, प्रहरी प्रमुख, सीमा सुरक्षा प्रहरी प्रमुख र भन्सार प्रमुखको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.