|

डोटी : अध्यक्षले मनोमानी गरेको भन्दै शिखर नगरपालिका ५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन्।  वडा अध्यक्षले उपभोक्ता समिति नै गठन नगरी तिजालीका सडकको मर्मत सम्भारको काम सुरु गरेकाले तालाबन्दी गरिएको स्थानीय रामबहादुर बोहराले बताए।

उपभोक्ता समिति गठन गरी काम गर्नु पर्ने नियम लत्याउँदै डोजर लगाएर काम गराउनु गैरकानुनी भएकोले संघर्ष गर्नु परेको स्थानीयले बताएका छन्। कसैसँग पनि छलफल नगरी अध्यक्षले पाँच लाख ५० हजार बराबरको रकम एकलौटी रूपमा जोडर ल्याएर काम सुरु गरेकाले तालाबन्दी गरेको संर्घष समितिका संयोजक रामबहादुर बोहराले  बताए।

दशैंमा बाटो खोल्न हतार भएका कारण उपभोक्ता समिति गठन नगरेरै काम गर्ने सल्लाह भएको शिखर नगरपालिका ५ तिजालीका अध्यक्ष पदम बोहराले बताए।

सबै स्थानीयसँग छलफल गर्दा पहिला सडक खोलौ उपभोक्ता समिति विस्तारै गरौँला भन्ने निर्णय भएको वडा अध्यक्ष बोहराले दाबी गरेका छन्। तिजालीभित्र रहेका वर्षाको समयमा बिग्रिएका र भत्किएका ६ वडा बस्तीसम्म जाने सडक सरसफाई गर्नका लागि काम भइरहेको वडा कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.