|

जनकपुरधाम : धार्मिक पर्यटकीय नगरीको रुपमा परिचित जनकपुरधाममा यसवर्ष विशेष तामझामका साथ दशैं उत्सव मनाइँदै छ। जनकपुरधाम दशैंको मुख्य आस्थाको केन्द्र राजदेवी मन्दिर विशेष रुपबाट सजाएर दशैंमा दर्शन गर्न आउने भक्तजनहरूको लागि मनोरञ्जनका विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिएको छ।

घटस्थापना देखि नै हरेक साँझ राजदेवी मन्दिर परिसरमा हुने भजन सन्ध्याले पनि जनकपुर दशैंको शोभा बढाएको महावीर युवा कमिटी प्रदीप भगतले बताए। देश तथा सिमावर्ती क्षेत्र भारतबाट आएको साँस्कृतिक टोलीले आयोजना गर्ने भजन सन्ध्याले धार्मिक आस्थासँगै जनकपुर दशैंको रौनक पनि बढेको उनको दावी छ।

दशैं अवधिमा घटस्थापनादेखि अष्ठमीसम्म लाग्ने सस्तो बजारले पनि यो ठाउँका दशैंलाई आकर्षित गरेको छ। खाद्यान्न, भाँडावर्तन, साबुन, अगरबत्ती लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध हुने यो बजारमा छिमेकी जिल्लाका ग्रामीण क्षेत्रका समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको बजार व्यवस्थापन मूल समितिका सदस्य सचिव एवं जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहले बताए। त्यस्तै १५० जनाको संख्यामा रहेका युवा, क्लव तथा समूहले छुट्टा-छुट्टै रुपले आयोजना गर्ने दशैं पूजाले पनि सर्वसाधारणको आकर्षण बढाएको स्थानीयको भनाई छ।

अध्यक्ष साहले भने, ‘१५० मध्ये झण्डै ५० भन्दा बढी युवा क्लवले नगरको विभिन्न चोकमा पण्डाल सजाएर दुर्गा पूजा आयोजना गरिरहेका छन्। उत्सव र पूजास्थलको रौनकताले जनकपुरको दशैंप्रति भारतको बिहार र नेपालका विभिन्न जिल्लावासीलाई आकर्षक गरिरहेको छ।’

प्राचीन मिथिलाको राजधानी र भौतिक रुपमा भव्य जानकी मन्दिरको कारण धार्मिक पहिचान बनाएको जनकपुरलाई पछिल्लो समय विशेष दशैंको नामले थप उचाई समाजसेवी पवन सिघानीयको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.