|

श्रीलंकाका राष्ट्रतपि मैत्रीपाला सिरीसेनाले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनलिसिस विंग  ‘रअ’ ले आफ्नो हत्या योजना बनाएको खुलासा गरेका छन्।

राष्ट्रपति सिरीसेनाले मंगलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकमा भारतीय खुफिया एजेन्सी ‘रअ’ ले आफ्नो हत्याको योजना बनाएको आशंका बारे व्याख्या गरेका थिए।

सिरीसेनाको यो आशंकाले भारत र श्रीलंका सम्बन्धमा दरार आउने कुटनीतिक वृत्तमा व्याख्या हुन थालेको छ।

भारतीय पत्रिका द हिन्दु का अनुसार राष्ट्रपति सिरीसेनाले आफ्नो हत्याको ‘रअ’ ले बनाएको योजनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकार नरहेको हुनसक्ने पनि बताएका थिए। सिरीसेनाको मन्त्रिपरिषद्का एक सदस्यले राष्ट्रपतिको उक्त खुलासाले आफूहरू आश्चर्यमा परेको बताएका छन्। सिरीसेना निकट स्रोतले यो विषयमा तत्काल सार्वजनिक रूपमा बोल्न इन्कार गरेको छ।

सिरीसेनाको यस्तो भनाई त्यो बेला आएको हो जब श्रीलंकाका प्रधानमन्त्री आफ्नो भारत भ्रमणको एक दिन मात्र दूरीमा थिए। श्रीलंकाका प्रधानमन्त्रीले दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका सरकारका उच्च पदस्त अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ भने कतिपय द्विपक्षीय सम्झौतामा हस्ताक्षर पनि गर्ने कार्यतालिका सार्वजनिक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.