|

काठमाडौं : नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

एकदर्जन देशका ३३ सैन्यटोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित काँस्य पदक जितेको हो। नेपाली सैनिक टोलीबाट १२ जनाले प्रतिस्पर्धा गरेका थिए।

विजयी टोली आजै स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.