|

भोजपुर : भोजपुर नगरपालिका १०  भैसिपंखामा गत असोज २६ गते भएको एक बालविवाह तीन दिनपछि रोकिएको छ। भैसिपंखामा बालविवाह भएको थाहा पाएपछि सगरमाथा बाल सञ्जाल भोजपुर नगरपालिकाका १० भैसिपंखाका अध्यक्ष सविन राईलगायतको टोलीले गत असोज २९ गते विवाह भएको तीन दिनपछि रोकिएको हो। 

भैसिपंखामा १४ वर्षीया केटी र २० वर्षीय केटाले विवाह गरेको अध्यक्ष सविन राईले जानकारी दिए। सञ्जालको तर्फबाट बालविवाह सम्बन्धी छलफल गर्दा दुवै पक्षले ६ वर्षको समय अवधिसम्म आआफ्नै घरमा बस्नुपर्ने र उनीहरूलाई आवश्यकीय शिक्षा, स्वास्थ्य र खाने, बस्नेलगायतका विविध पक्षमा आआफ्नै परिवारले परिपूर्ति गरिनुपर्ने अध्यक्ष राईले बताए। 

घरपरिवारले उनीहरूलाई कुनै किसिमको मानसिक असर पर्ने खालको गतिविधि नगर्न र नगराउन सञ्जालको तर्फबाट आग्रहको गरिएको अध्यक्ष राईले बताए। उनीहरूबीच प्रेम सम्बन्ध रहेकोले विवाह गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.