|

बैतडी : यही कात्तिक ८ गतेदेखि  बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितालाई चार समूहमा विभाजन गरी खेलाइने भएको छ। जिल्लाका १२ टोली सहभागी हुने प्रतियोगितालाई समूह 'ए'देखि 'डी' समूह बनाएर प्रतियोगिता सञ्चालन हुने आयोजक निंगलाशैनी क्रिकेट क्लबका अध्यक्ष महेश भण्डारीले बताएका हुन्। 

समूह ए का दोगडाकेदार गाउँपालिका, आयोजक निंगलाशैनी क्रिकेट क्लब र सिगास गाउँपालिका रहेका छन्।  समूह बी मा सूर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका सी र दशरथचन्द नगरपालिका ए रहेका छन्। यस्तै समूह सी मा  पुर्चौडी नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन्। समूह डी मा दशरथचन्द नगरपालिका बी, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका रहेका छन्।

प्रतियोगितामा प्रथम परस्कार एक लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र  र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र  राखिएको छ। उक्त प्रतियोगिताका लागि १८ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.