|

इलाम : इलामको सूर्योदय नगरपालिका ८ स्थित एक ग्यारेजमा गाडी मर्मत गर्ने क्रममा आगो लाग्दा एउटा मारुती भ्यान जलेर नष्ट भएको छ। रोहित नेपालले सञ्चालनमा ल्याएको गाडि ग्यारेजमा मर्मतका लागि ल्याएको मे१ज २३०८ नम्बरको मारुती भ्यान जलेर नष्ट भएको हो। सूर्योदय नगरपालिका ४ का डम्बर घलेको भ्यान वेल्डिङ्ग गर्ने क्रममा अचानक आगो लाग्दा जलेर नष्ट भएको प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताए। 

भ्यानको चक्का छेउको भागमा मर्मत गर्दै गर्दा अचानक आगो लागेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो १ बजेर ४५ मिनेटमा जाँदा गाडीमा लागेको आगो स्थानीयबासी, प्रहरी, शसस्त्र प्रहरी र सूर्योदय नगरपालिकाको दमकलले आधा घण्टामा नियन्त्रणमा लिए पनि गाडिमा पेट्रोल धेरै भएका कारण पूर्णरूपमा क्षति पुगेको हो।  आगोबाट गाडी मर्मत गर्दै आएका छोटु भनिने ग्यारेजका एक कामदार घाइते भएको प्रहरीले जनाएको छ। घाइते कामदारको फिक्कल अस्पतालममा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.