|

भारतको पञ्जाब राज्यको अमृतसर सहर नजिकै ठूलो रेल दुर्घटना भएको छ। हिन्दुहरूको चाड दशैँको अवसरमा अमृतसरमा रावणको पुत्ला दहनको मेला लागेको थियो। मेला भरिरहेकाहरूमाथि दुई रेल कुदेका थिए।

शुक्रबार राति भएको उक्त घटनामा कम्तीमा ६२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बीबीसीका अनुसार अमृतसरका प्रहरी कमिश्नर सधांशु शेरख श्रीवास्तवले मृतकको संख्या ६२ पुगेको छ। दुर्घटनामा १५० जनाभन्दा बढी घाइते भएका छन्।

पञ्जाब राज्यका स्वास्थ्यमन्त्री ब्रह्म महिन्द्राले दुई अस्पतालमा करिब ५० शव राखिएका छन्।

दुर्घटनाप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्। दुवैले सामाजिक सञ्जाल ट्विटरमा दुःख व्यक्त गरेका छन्।

रेलवे नजिकै रावणको पुत्ला जलाइएको थियो। पुत्ला जलाइएपछि आगोको राप बढेसँगै मेला भर्न गएकाहरू रेलवेमा पुगेका थिए। एक तर्फबाट रेल आएपछि भागेर अर्को रेलवेमा पुग्दा उक्त बाटोमा पनि रेल आएपछि दुई रेलले स्थानीयलाई किचेको हो।

घटनास्थलमा सरकारको व्यापक विरोध भइरहेको छ। पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले मृतकका परिवारलाई पाँच-पाँच लाख दिने घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.